वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीश गिरीलाई थुनामा पठाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ ।

बुधवार न्यायाधीशहरू हरि फूयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले न्यायधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो । यसअघि काठमाडौँ जिल्ला अदालतले २०८० बैशाख १९ मा मुद्दाको पुर्पक्षका लागि धरौटी तारेखमा छोड्न आदेश दिएको थियो।

उच्च अदालत पाटनले पनि २०८० भदौ २१ मा जिल्लाकै आदेश सदर गरेको थियो। तर, बुधबार सर्वोच्चको सुनुवाइपछि ती आदेश बदर गर्दै थुनामा पठाउन आदेश गरेको हो।

त्यसपछि मुद्दा सर्वोच्चमा पुगेको हो। सर्वोच्चले उक्त आदेश वेरितको रहेको भन्दै बदर गरिदिएको छ। गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध जाहेरी दिएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here