नयाँ वर्षमा सीजीको ‘नयाँ सोचौं, नयाँ रोजौँ’ उपहार योजना

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सीजीले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ‘नयाँ सोचौं, नयाँ रोजौँ’ भन्ने उपहार योजना ल्याएको छ।

यस उपहार योजना अन्तर्गत सीजी तथा सीजी मेरिडियाको उत्कृष्ट उत्पादनहरूको नवीनतम प्रविधि एवम् गुणस्तरका साथ ग्राहकहरूका लागि रु. ५८ हजार ८०० सम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहारहरु समेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यस उपहार योजना अन्तर्गत सीजीका विभिन्न उत्पादन जस्तै एलईडी टिभी, गुगल टिभी, एयर कन्डिशनर, रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम, चेस्ट फ्रिजर र शोकेश तथा माइक्रोवेभ ओभनहरुमा आकर्षक क्यासब्याक तथा सिमित उत्पादनहरुमा पक्का उपहारहरु प्राप्त गर्न सकिनेछ।

यसरी ३२ इन्च, ४३ इन्च, ५० इन्च, र ५५ इन्चको एलईडी टिभी, अडियो सिस्टम, रेफ्रिजरेटर, शोकेश, चेस्ट फ्रिजर, एयर कुलर, र भ्याकुम क्लिनर मा क्यासब्याक अफर रहेको छ भने ६५ इन्च र ७५ इन्च को गुगल टि.भीमा क्यासब्याक लगायत २.१ स्पीकर उपहार पनि रहेको छ।

त्यसैगरी सेमि अटोमेटिक तथा टप लोड वाशिङ मेशिनमा क्यासब्याक लगायत ३ लि. एरियल उपहार रहेको छ भने फ्रन्ट लोडमा क्यासब्याक लगायत ६ के.जी. एरियल उपहार रहेको छ।

माइक्रोवेभ ओभनको खरिदमा क्यासब्याक लगायत कुकिङ किट उपहार पाउन सकिनेछ भने डिशवाशरमा क्यासब्याक लगायत डिशवाशर किट र एयर कन्डिशनरहरुमा क्यासब्याक लगायत निःशुल्क जडानको सुविधा लिन सकिने कम्पनीले जनाएको छ।

साथै ५ ईएमआई सिजी लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ सिजीको सामान साट्न सक्ने सुबिधा पनि रहेको छ।

यो योजना चैत्र २१, २०८० देखि नेपाल अधिराज्यभर सिमित अवधिको लागि लागू गरिएको कम्पनीले स्पष्ट पारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here