वैशाख २ गतेदेखि संसदको चालू अधिवेशन अन्त्य गर्ने

काठमाडौं । संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले २०८१ वैशाख २ गते राति १२ बजेदेखि चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धी आयोगको अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी राष्ट्रियसभाको रिक्त सदस्य पदमा डा. अञ्जान शाक्यलाई नियुक्त गर्न सिफारिस गरिएको छ भने सुन्तलालाई राष्ट्रिय फलको रुपमा मान्यता दिने निर्णय भएको शर्माले जानकारी दिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here