मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

काठमाडौं । मलेसियाले एसीसी प्रिमियर लिगको पहिलो खेलमा साविक विजेता नेपालसामु १४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले ओपनर विरन्दीप सिंहको अर्धशतकप्रेरित निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १४३ रनको योगफल खडा गरेको हो ।

मलेसियाका कप्तान विरनदीप सिंह ५५ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६८ रन बनाए । नेपालका दीपेन्द्रले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा २८ रन खर्चेर १ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here