इजरायलमाथि इरानको ड्रोन र मिसाइल, शत्रुता अन्त्य गर्न राष्ट्रसंघको अपिल

एजेन्सी । इरानले इजरायलमा दर्जनौं ड्रोन र मिसाइल प्रहार गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) ले शनिबार ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र मिसाइलहरू छोडेको थियो।

उसले यो कदम ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप चालेको भनेको छ। तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा यो हमला गरेको बताएको छ।

इजरायलको रक्षा प्रणालीले आकाशमै केही मिसाइललाई रोकेको छ । बेलायतले आक्रमणको विरोध गर्दै आरएएफ विमान तैनात गरेको र त्यस क्षेत्रभित्रको कुनै पनि हवाई हमला रोक्ने बताएको छ ।

आक्रमण सुरु गरेदेखि नै इजरायलमा तनावको स्थिति छ । आक्रमणबाट इजरायलका केही सैन्य क्याम्पमा क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको टाइम्स अफ इजरायलले जनाएको छ ।
इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् ।

इजरायलको रक्षा बलले आफ्नो दक्षिणी बेस (आधार)मा केही क्षति भएको जनाएको छ। संयुक्त राष्ट्र संघका महासचिव एन्टनियो गुटेरेसले थप तनाव बढ्न नदिन आग्रह गरेका छन् ।
गुटेरेसले आक्रमणको निन्दा गर्दै दुवै देशलाई शत्रुता अन्त्य गर्न अपिल गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here