सुनको मूल्यले बनायो नयाँ रेकर्ड

फाइलफोटो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको भाउ बिहीबारको तुलनामा ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ छ ।

आज चाँदीको मूल्य भने केहि ओरालो लागेको छ । बिहीबार प्रतितोला १७ सय २५ रुपैयाँमा कारोबार भएकोमा चाँदीको मूल्य आज घट्दै प्रतितोला १७ सय २० रुपैयाँमा पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here