कतारी राजा आउँदा त्रिभुवन विमानस्थलको उडान-अवतरण आधा घण्टा रोकिने

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ ।

विमानस्थलका अनुसार थानी चढेको विमान अवतरणको १५ मिनेटअघि र अवतरणपछिको १५ मिनेटसम्म अन्य जहाजको उडान-अवतरणमा रोक लगाइनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले कतारका राजा शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन विमानस्थलमै पुगेर स्वागत गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार राजकीय दुईदिने भ्रमणका लागि भोलि (मंगलबार) बेलुका नेपाल आउन लाग्नुभएका कतारी राजा थानीलाई विमानस्थलमै पुगेर राष्ट्रपतिले स्वागत गरे पनि औपचारिक भेट भने शीतलनिवासमा हुनेछ । राजकीय भोजको आयोजनासमेत गर्ने कार्यक्रम छ ।

सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here