ऐतिहासिक महत्व बोकेको ‘बालाजु बाइस धारा’ मेला आज

काठमाडौं । ऐतिहासिक महत्व बोकेको काठमाडौंको बालाजुस्थित बाइस धारामा आज विशेष मेला लागेको छ । बाइस धारामा स्थान गरे मुक्तिनाथ तथा गोसाईकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थानका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाईसधारा पुगेका छन् ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएका हुन् । चैत शुक्ल पूणिर्मामा बाईसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।

यस दिन मन्नादी देवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाईधुवाई गरेमा फलिफाप हुन्छ भन्ने विश्वास छ । किम्वदन्ती अनुसार विपस्वी बुद्धले कमलको फूल रोपेर मन्त्रोच्चारण गर्दा यहाँ स्वयम्भू ज्योतिरुप उत्पति भयो ।

यसै दिन नुवाकोटको कडल्चोक भगवतीलाई पनि बालाजुमा ल्याएर त्यहाँको हालको सेतो पाटीमा राखी हवन तथा राँगाको बलि दिने परम्परा रहेको उल्लेख छ । मनमैजु देवीको जात्रासँग पनि बालाजु बाइसधाराको प्रसंग जोडिएको छ ।

ल्हुती पूणिर्माको मेलासँग मनमैजु जात्रा पनि सुरु हुन्छ । यस दिन बालाजुको बाइसधारामा नुहाएर मनमैजु देवीको दर्शन गरेमा आफ्नो मनोकामना पुरा हुने धार्मिक विश्वास छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here