काठमाडौं आइपुगे कतारी राजा थानी, यस्तो छ कार्यक्रम

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी बंगलादेशबाट नेपाल आइपुगेका छन् । काठमाडौं उत्रिएका थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले स्वागत गरेका थिए ।

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजाबीच अपराह्न ५ः३५ मा द्विपक्षीय वार्ता शीतलनिवासमा हुनेछ। आधा घण्टाको भेटवार्ता हुनेछ। साँझ ७ बजे होटेल सोल्टीमा राष्ट्रपति पौडेलले राजकीय भोज आयोजना गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कतारका राजा थानीबीच बुधबार बिहान १०ः३५ मा होटेल सोल्टीमा औपचारिक वार्ता हुनेछ। औपचारिक वार्ता ४५ मिनेटका लागि तय भएको छ। बिहान ११ः२० मा विभिन्न समझदारी र सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ।

बिहान १२ बजे प्रधानमन्त्री प्रचण्डले कतारी राजाको सम्मानमा होटेल द्वारिकामा दिवाभोज आयोगना गरेका छन्। दिवाभोजमा सहभागी भएर कतारका राजा बत्तीसपुतलीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने कार्यक्रम छ। कतारका राजा २ बजे कतारको दोहा प्रस्थान गर्ने कार्यक्रम छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here