बैंक तथा वित्तीय संस्थाका शाखा साढे ८ हजार पुगे, ७७ वटै जिल्लामा बैंक

काठमाडौं ५, असोज । मर्जर तथा एक्विजिसनका कारण बैंक तथा वित्तीय संस्था घटेपनि शाखा सञ्जाल निरन्तर रुपमा बढिरहेको छ । सोही क्रममा गत असारसम्म बैंक तथा वित्तीय संस्थाको शाखा संख्या बढेर ८ हजार ६ सय ८६ पुगेको छ । यो सबै वर्गका बैंक तथा वित्तीय संस्थाको शाखा संख्या हो ।

मुलुकभर सञ्चालित कुल शाखामध्ये सर्बभन्दा धेरै ३ हजार ५ सय ८५ वटा वाणिज्य बैंकका छन् । ती शाखा २८ वटा वाणिज्य बैंकका हुन । अघिल्लो वर्षको तुलनामा गत वर्ष वाणिज्य बैंकको शाखा संञ्जाल करिब साढे ५ सयले कम हो । २०७५ असारमा वाणिज्य बैंकको कुल शाखा संख्या ३ हजार २३ वटा रहेको थियो ।

असारसम्म २९ वटा विकास बैंक सञ्चालनमा थिए । ती बैंकले मुलुकभर १ हजार २ सय ६७ शाखामार्फत वित्तीय सेवा दिदै आएका छन् । २०७५ विकास बैंकका ९ सय ९३ शाखा मात्र थिए ।

यसैगरी, २३ वटा फाइनान्स कम्पनीले २ सय ५ वटा शाखा र ९० वटा लघुवित्त वित्तीय संस्थाले ३ हजार ६ सय २९ शाखामार्फत लघुवित्तीय सेवा दिदै आएको राष्ट्र बैंकले जनाएको छ ।

असारसम्म एउटामात्र पुर्वाधार विकास बैंक सञ्चालनमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here