‘जाकारान्डा फूल्ने याम’ खुल्यो काठमाडौंको सौन्दर्य (तस्विरहरु)

काठमाडौं । राजधानी काठमाडौं फूलले मुस्कुराउन थालेको छ । राजधानीका सडक किनारमा जाकारान्डा फूल ढकमक्क फुल्न थालेसँगै ती ठाउँको सौन्दर्य बढेको छ ।

राजधानीका सडक किनारमा याे फूल ढकमक्क फुलेकाे छ। दरबारमार्ग, रत्नपार्क, भृकुटीमण्डप, सुन्धारा सडकछेउमा फुलेका यी जाकारान्डाले राजधानीको सौन्दर्य बढाएका छन् ।

कमलपोखरी परिसरको पनि सौन्दर्य बढाएको छ। कमलपाेखरी वरिपरि जाकारान्ड फुल्दा दृश्य नै मनमोहक बनेकाे छ। यही माैकालाई छाेपेर मानिसहरू उत्साहपूर्वक सुन्दर दृश्यलाई तस्बिरमा कैद गरिरहेको देख्न सकिन्छ।


तस्वीर : दिपक घिमिरे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here