भारत भ्रमण टारेर चीन पुगे एलन मस्क

काठमाडौं । एलोन मस्क यतिवेला टेस्ला कारहरूमा स्वायत्त ड्राइभिङ मोडबारे छलफल गर्न चीन पुगेका छन् । बेइजिङको भ्रमणमा मस्कले चीनमा फुल सेल्फ ड्राइभिङ (एफएसडी) सक्षम पार्न र आफ्नो एल्गोरिदमलाई प्रशिक्षित गर्न देशमा संकलित डाटालाई विदेशमा स्थानान्तरण गर्न चाहन्छन्।एफएसडी अमेरिका लगायत अन्य देशहरूमा उपलब्ध छ । तर चीनमा भने हालसम्म छैन।

टेस्लाको अटोनोमस ड्राइभिङ मोडलाई कम्तीमा १३ वटा दुर्घटनासँग जोडेको एक अमेरिकी रिपोर्टपछि यो समाचार आएको हो । जसमा एक जनाको मृत्यु भएको छ ।

चिनियाँ प्रधानमन्त्री ली कियाङसँगको भेटमा मस्कलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले टेस्लाले चीनसँग गहिरो सहकार्य गर्न इच्छुक रहेको बताएका थिए ।

त्यसको जवाफमा लीले मस्कलाई चिनियाँ बजार विदेशी लगानीमा सञ्चालित कम्पनीका लागि सधैं खुला रहने बताएका थिए ।

चीन टेस्लाको दोस्रो ठूलो बजार हो । ग्वान्जाओमा मुख्यालय रहेको एक्सपेङ जस्ता अन्य कार निर्माताहरूले टेस्लासँग प्रतिस्पर्धा गर्ने प्रयास गरिरहेका छन्।आइतबार मस्कले चिनियाँ कार निर्माताहरूलाई विश्वकै सबैभन्दा प्रतिस्पर्धी कार कम्पनी भनेका थिए ।

टेस्लाले चिनियाँ अधिकारीहरूलाई देशमा एफएसडीको रोलआउटको बारेमा आश्वस्त पार्न कदम चालेको छ, जसमा स्थानीय कानून अनुसार चिनियाँ उपभोक्ताहरूको बारेमा डाटा प्रशोधन गर्न शंघाईमा डाटा सेन्टर स्थापना गर्नु पनि समावेश छ।

अमेरिकाको नेसनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसन (एनएचटीएसए) ले टेस्लाको ड्राइभर असिस्टेन्स सिस्टमसँग सम्बन्धित सुरक्षा चिन्तालाई सफलतापूर्वक सम्बोधन गरेको छ कि छैन भनेर अनुसन्धान गरिरहेको बताएको केही दिनपछि यो भ्रमण भएको हो ।

अप्रिलमा मस्कले भारत भ्रमण गर्ने चर्चा थियो । उनले त्यहाँ विद्युतीय सवारी बनाउने उद्योगमा लगानी गर्ने बताइएको थियो ।

चीनका स्थानीय कम्पनीले टेस्लालाई पछि पारेका छन् । त्यहाँ टेस्लाको माग पनि घटिरहेको छ । त्यसैले उनी भारतमा बजार खोजिरहेका छन् । यद्यपि, २० अप्रिलमा उनले एक्समार्फत भारत भ्रमण स्थगित भएको बताएका थिए । उनले यसै वर्षको अन्त्यसम्म भारत भ्रमण गर्ने बताएका छन् ।

बिक्री कम भएपछि टेस्लाले घटायो मूल्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here