जित्नैपर्ने खेलमा वेस्ट इन्डिज ‘ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । चौथो टी-२० खेलेमा वेष्ट इन्डिज ‘ए’ ले नेपाललाई २ सय १० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले निर्धारित २० ओभरमा ३ वकेटको क्षतिमा २०९ रनको योगफल तयार पारेको हो।

वेस्ट इन्डिज ‘ए’का लागि आन्द्रे फ्लेचर ८४ र फबियन एलियन ३३ रनमा नटआउट रहे। जोनसन चाल्र्स ५८, केसी कार्टी ४ र एलिक अथान्ज ५ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे ।

बलिङमा नेपालका कुशल भुर्तेलले दुई र प्रतिश जिसीले एक विकेट लिए । वेष्ट इन्डिज ‘ए’ सँगको सिरिजको उपाधि जित्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल्न जित्नैपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here