अब त्रैमासिक समीक्षा ४५ दिन भित्र

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कर्याविधिमा संशोधन गरेको छ । हालको व्यवस्था अनुसार तोकिएकै समयमा मौद्रिक नीतिको समीक्षा गर्न असहज भएपछि राष्ट्र बैंकले कार्यविधि संशोधन गरेको हो ।

मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ (प्रथम संशोधन, २०७९) अनुसार त्रैमास सकिएको ३० दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंकले त्यसलाई संशोधन गरेर ४५ दिन बनाएको छ । नयाँ व्यवस्था अनुसार अब त्रैमास सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्नुपर्ने छ ।

यससँगै अब चालु आवको अब तेस्रो त्रैमासिक समीक्षामा पनि ढिलाइ हुने देखिएको छ । वैशाख भित्रै त्रैमासिक समीक्षा गर्नुपर्नेमा अब जेठ १५ गतेसम्म गरे हुने भएको छ ।

यस्तै, राष्ट्र बैंकले वार्षिक मौद्रिक नीति ल्याउने समे पनि बढाएको छ । यसअघिको व्यवस्था अनुसार नयाँ आर्थिक वर्ष सुरू भएको ७ दिनभित्र मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोमा अब १५ दिन भित्र ल्याइसक्नुपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here