सुहाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौं । इलाम- २ मा नेकपा एमालेबाट निर्वाचित सुहाङ नेम्वाङले प्रतिनिधिसभा सदस्यको शपथ लिएका छन् ।

आज एक समारोहबीच सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनीयताको शपथ गराए । सँगै उनलाई प्रतिनिधिसभा सदस्यको लोगो लगाइदिएका छन् ।

सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान, ऐन/नियमका सामग्री प्रदान गरेका थिए।

कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत उपस्थित थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here