शाओमीको ‘दशैं विथ एमआई’ अफर, स्मार्टफोनको खरिदमा दुई हजार सम्मको छुट

काठमाडौं, ६ असोज । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले एमआई फ्यानहरुका लागि आकर्षक दशैं अफर सार्वजनिक गरेको छ ।

दशैको शुभ अवसरमा शाओमीले प्रयोगकर्ताहरुका लागि स्मार्टफोनमा ५ वटा विशेष सप्र्राइज ल्याएको हो ।

ग्राहकहरुले अब शाओमीको नयाँ–नयाँ स्मार्टफोन रेडमी ७ , रेडमी वाई ३ , रेडमी रेडमी नोट ७, एमआई ए३ र रेडमी ७ ए किन्दा आकर्षक अफरहरुको आनन्द लिन सक्ने कम्पनीले बताएको छ ।

एमआई फ्यानले रु १९,९९९ मा रेडमी नोट ७ (३ जीबी प्लस ३२ जीबी) खरिद गरेर निर्धारण गरिएको मुल्यमा रु २००० को फ्ल्याट छुटको मज्जा लिन सक्नेछन् ।

विशेष सप्र्राइजको रुपमा शाओमीले नेपालमा एमआई ए३ (४ जीबी प्लस ६४ जीबी) र (६ जीबी प्लस १२८ जीबी) सार्वजनिक गरेको छ, यो रु २३,९९९ र रु २७,९९९ मा उपलब्ध हुनेछ ।

रेडमी ७ए (२ जीबी प्लस ३२ जीबी) मा पनि छुटको व्यवस्था रहेको छ र यो अब रु १०,९९९ मा उपलब्ध हुनेछ । ग्राहकहरुले रेडमी ७ (२ जीबी प्लस १६ जीबी) र (३ जीबी प्लस ३२ जीबी) तेसै गरि रेडमी वाई ३ (३ जीबी प्लस ३२ जीबी) र (४ जीबी प्लस ६४ जीबी) मा रु १००० छुटको मज्जा लिन सक्नेछन् ।

यी अफरहरु सम्पूर्ण अफलाइन स्टोर, दराज डट कम डट एनपी र सस्तोडिल मा उपलब्ध हुने कम्पनीले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here