मकालु हिमाल आरोहणका क्रममा फ्रान्सेली आरोहीको मृत्यु

काठमाडौं । विश्वको पाँचौं अग्लो चुचुरो ‘माउन्ट मकालु’मा एक फ्रान्सेली पर्वतारोहीको मृत्यु भएको छ । ६० वर्षीय जोनी सालिबाको ८ हजार १ सय २० मिटर उचाइमा पुग्दा मृत्यु भएको आरोहण आयोजकले जनाएका छन् ।

शिखरतर्फ गइरहेका बेला फ्रान्सेली पर्वतारोहीको स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि गाइडले तल झार्ने क्रममा मृत्यु भएको जनाइएको छ । त्यस्तै, गत साता मकालु पुगेपछि फर्कने क्रममा ५३ वर्षीय नेपाली गाइडको पनि मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here