यी हुन् १० महिनामा धेरै आयात भएका ५ वस्तु, सुन मात्र २१ अर्ब ६५ करोडको

काठमाडौं । चालु आर्थिक वर्ष (आव)को १० महिनामा नेपालमा २१ अर्ब बढीको सुन आयात भएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाख अन्त्यसम्म २१ अर्ब ६५ करोड १ लाख ३३ हजार रुपैयाँ बराबरको २ हजार ४ सय ५१ केजी ८६४ ग्राम सुन आयात भएको हो ।

त्यस्तै, सोही अवधिमा नेपालमा सरकारले सो सुन आयातको क्रममा भन्सार करबापत ३ अर्ब २४ करोड ७५ लाख ४८ हजार आम्दानी गरेको विभागको तथ्यांकले देखाएको छ ।

विभागद्वारा सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको वैशाख मसान्तसम्ममा २४ अर्ब १ करोड २४ लाख २२ हजार रुपैयाँ बराबरको १५ लाख २८ हजार ६४४ थान मोबाइल आयात भएको छ ।

विभागका अनुसार सो अवधिमा आयात भएका मोबाइल फोनमा लगाइएको भन्सार करमार्फत सरकारले ४ अर्ब ४७ करोड १३ लाख ३१ हजार रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, सोही अवधिमा नेपालमा आयात भएका वस्तुहरूमध्ये सबैभन्दा धेरै डिजेल आयात भएको देखिएको छ । सो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड १ लाख ३८ हजार रुपैयाँ बराबरको ११ लाख ९ हजार ११० किलोमिटर डिजेल आयात भएको हो ।

डिजेलको आयातबापत सरकारले ४४ अर्ब ८९ करोड ५ लाख २६ हजार रुपैयाँ भन्सार आम्दानी गरेको छ । भने, सो अवधिमा ५ लाख ६७ हजार ९३५ किलोमिटर पेट्रोल र ४३ करोड ३९ लाख ६३ हजार ९२ किलो एलपी ग्यास आयात भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here