श्रममन्त्री अर्यालको सम्पत्ति:सुन १५० तोला, बैंकमा सवा २ करोड

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालसँग देशका १३ स्थानमा घरजग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।

विवरण अनुसार १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको बताएका छन् । यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड बढी नगद बैंक तथा सहकारीमा जम्मा छन् ।

विभिन्न कम्पनीका ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । मेगा बैंकको १० हजार कित्ता, बिग इन्भेस्टमेन्टको ३५ हजार, पिपुल इन्भेस्टमेन्टको नौ हजार, जनसागर सहकारीको १० हजार, संयम सहकारीको दुई हजार र सुवर्णभूमि सहकारीको एक हजार कित्ता सेयर रहेको उनले खुलाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here