पाँच छात्रालाई स्नातक पढ्न चेम्बरको छात्रवृत्ति, लर्डबुद्ध कलेजमा बिजनेश म्यानेजमेण्ट पढ्ने अवसर

काठमाडौं, ७ असोज । नेपाल चेम्बर अफ कमर्सले विभिन्न प्रदेशबाट पाँच जना छात्रालाई स्नातक तहका लागि छात्रवृत्ति प्रदान गरेको छ ।

आर्थिक अवस्था कमजोर भई उच्च शिक्षा हासिल गर्नबाट बञ्चित भएका मेहनती तथा जेहेन्दार छात्रालाई निशुल्क पढ्ने वातावरण प्रदान गरी उनीहरुलाई रोजगारमुखी शिक्षा प्रदान गर्नु हो ।

यो छात्रवृत्ति प्राप्त गरेका छात्राहरुले ए.पि.यु.सँग आबद्ध एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पस मैतिदेबीमा ३ वर्षे बि.ए. बिजनेस म्यानेजमेन्ट स्नातक तह पढ्न पाउने छन् ।

१०ं२ पास वा सो सरह अध्ययन गरेका विद्यार्थीले यो छात्रवृत्तिको लागि आवेदन दिएका थिए । यस योजनाबाट महिला विद्यार्थीहरुले ३ वर्षका लागि लाभ लिने भएका छन् । यो विषय अध्ययनका लागि छात्रवृत्तिमा परेका विद्यार्थीले ३ वर्षको अवधिभर रु. ६ लाख ६५ हजार बराबरको अध्ययन शुल्कको छात्रवृत्ति पाएका छन् ।

चेम्बर र एल.बि.इ.एफ.(लर्डबुद्ध) क्याम्पसबीच भएको समझदारीपत्र अनुसार गठित छनौट समितिले छात्रवृत्ति छनौट गरेको थियो ।

छात्रवृत्तिमा परेका छात्राहरुमा अनु पौडेली, संखुवासभा प्रदेश न. १, मेनुका गुरुङ, इटहरी, प्रदेश न. १, सुप्रया ठाकुर, रौतहट प्रदेश २, अन्वेषा खड्का, दोलखा, प्रदेश न. ३, र कृटिना श्रेष्ठ, काठमाडौं, प्रदेश ३ परेका छन् ।

आगामी वर्षदेखी सबै प्रदेशको प्रतिनिधि हुने गरी छनौट गर्ने व्यवस्था गरिएको चेम्बर अफ कमर्सको शिक्षा तथा खेलकुद समितीका अध्यक्ष दिपककाजी तुलाधरले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here