प्रतिनिधिसभाको बैठक स्थगित, कांग्रेसको अवरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजे बस्नेगरी बैठक स्थगित गरेका हुन् । सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ।

आजको बैठकको सुरुमै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए। सभामुख घिमिरेले पटक पटक विषयवस्तु अघि बढाउन आग्रह गरेपनि उनीहरूले अवरोध कम गरेनन।

छानबिन समिति बनाउने सहमति दलहरूबीच भइसकेपनि त्यसको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here