मेयर बालेनलाई सडक डिभिजनको चेतावनी-‘अराजकता देखाए प्रतिकार हुन्छ’

काठमाडौं । सडक डिभिजन कार्यालय, काठमाडौँले आफ्नो प्रवेशद्वारमा महानगरपालिककाले फोहोर फालिदिएको घटनालाई लिएर आपत्ति प्रकट गरेको छ। महानगरले कानुनी राज्यको उपहास गरेको सडक डिभिजनको ठहर छ।

शनिबार काठमाडौँ महानगरपालिकाले सडक डिभिजन कार्यालयको गेटमा एक ट्रक धुलो खन्याइदिएको थियो। उक्त दृश्य सामाजिक सञ्जालमा सार्वजनिक गरी महानगर प्रमुख बालेन्द्र शाहले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कलंकीदेखि महाराजगन्जसम्मको चक्रपथ विस्तारका काम अघि नबढाएको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका थिए।

विभागले आजै प्रेस विज्ञप्ति जारी गर्दै डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाइ भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सोको प्रतिकार गर्नसमेत बाध्य हुने चेतावनी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here