आगामी १० बर्षमा ३० खर्ब रुपैयाँको प्रविधि निर्यातको लक्ष्य

काठमाडौं । सरकारले आगामी आवमा नेपाललाई सूचना प्रवद्र्धनको हवको रुपमा विकास गर्ने भएको छ।

आगामी १० बर्षमा सूचना प्रविधि ३० खर्ब रुपैयाँ बराबरको निर्यात गर्ने उद्देश्य सहित सो अनुसारको योजना बनाएको हो। अर्थमन्त्री बर्षमन पुनले सार्वजनिक गरेको आगामी आवको बजेटमा यस्तो उल्लेख गरिएको हो ।

त्यस्तै केही बर्षमा ५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजनाको गर्ने लक्ष्य राखिएको छ ।