पिक्सेलका फोन अब भारतमै बन्ने

काठमाडौं । गुगलले भारतमा पिक्सेल स्मार्टफोन उत्पादन शुरु गर्ने भएको छ । कम्पनीले भारतको तमिलनाडुस्थित फक्सकन कारखानामा फोन उत्पादन गर्ने तयारी गरेको हो ।

पिक्सेल स्मार्टफोनको उन्नत संस्करण बनाउने बीबीसीले जनाएको छ। यसका लागि पिक्सेल स्मार्टफोनको उन्नत संस्करण बनाउनका लागि गुगल र फक्सकनबीच सम्झौता भएको हो ।

तमिलनाडुमा फक्सकनको दुईवटा उद्योग छन् । मोबाइल फोन उत्पादनमा भारत अहिले विश्वको दोस्रो ठुलो म्यानुफ्याक्चरिङ हब हो । भारतमा एसेम्बल्ड भएका झन्डै २२ प्रतिशत फोन निर्यात हुने उसको अनुमान छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here