दुई महिना पछिलाई जुर्‍यो मच्छिन्द्र नाथको रथ लगनखेलबाट लैजाने साईत

काठमाडौं । बर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको दुई महिना पछि रथ तान्ने दिनको शुभ साईत जुरेको छ ।

ललितपुरको रातो मच्छिन्द्रनाथको रथ यात्रा गर्ने क्रममा लगनखेलबाट जावलाखेल लैजानु पूर्व साईत हेर्नु पर्ने परम्परा अनुसार सोह्रखुट्टे पाटीमा बसेर ज्योतिषहरुले २०८१ साउन १७ गते बिहिबारका दिन रथ तान्ने उत्तम साइत निकालेका हुन् ।

गत बैशाख २९ गते पूल्चोकबाट सुरु भएको रथ यात्रा गाबहाल सुन्धारा हुँदै लगनखेल पुर्‍याएपछि साईत हेरेर मात्रै रथलाई जावलाखेल पुर्‍याइन्छ । रथ जावलाखेल पुर्‍याएको चार दिनपछि भोटो देखाउने र जात्रा सम्पन्न हुने गर्दछ ।