नेप्से घट्ने क्रम जारी, ३ अंकले घट्दा साढे १६ करोडको कारोबार

काठमाडौं, ८ असोज । शेयर बजार ओरालो लाग्ने क्रम बुधवार पनि यथावत नै रह्यो । बुधवार नेप्से परिसूचक ३.०३ अंकले घटेर १ हजार १ सय ३१.५३ अंकमा झरेको छ ।

बुधवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ओरालो लाग्यो । सेन्सेटिभ इन्डेक्स ०.७१ प्रतिशतले घटेर २ सय ४७.७० प्रतिशतमा झरेको छ ।

बुधवार कारोबारमा पनि झण्डै ५ करोडले कमी आएको छ । अघिल्लो दिन २१ करोड ८२ लाख रुपैयाँको कारोबार भएकोमा बुधवार १ सय ६६ कम्पनीको ७ लाख ७७ हजार ७ सय ३५ कित्ता शेयर किनबेच हुँदा १६ करोड ६९ लाख २१ हजार रुपैयाँको कारोबार भयो ।

बुधवार अन्य र लघुवित्त समुह बाहेक अन्य सबै समुहको सूचक घट्यो । सबैभन्दा धेरै सामुहिक लगानी कोषको सूचक घट्यो । सामुहि लगानी कोषको सूचक १.०५ प्रतिशत घट्यो ।

बुधवार सबैभन्दा धेरै खाँनीखोला जजलविद्युतका शेयर धनीले कमाए । खाँनीखोलाको शेयर मूल्य ९.४३ प्रतिशतले बढ्यो । त्यस्तै कर्णाली विकास बैंकको ३.०३ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा तिनौं मिसन विकास बैंकका शेयर धनी रहेका छन् । तिनौं मिसनको शेयर मूल्य ६.९६ प्रतिशतले घट्यो । त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको ५.७६प्रतिशत, गुँरास लघुवित्त वित्तीय संस्थाको ४.०४ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । बैंकले ८६ लाख ५६ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here