सोलारका पोललाई बीचमै पारेर सडक कालोपत्र

photo: RONB

काठमाडौं । ललितपुरको यूएन पार्कनजिकैको सडक निकै व्यस्त मानिन्छ । मुख्य सडकको जाम छल्न निजि सवारीहरुले त्यही सडकको प्रयोग गर्छन् ।

हालसालै गरिएको त्यस ठाँउको सडक कालोपत्रेमा चरम लापरवाही पाइएको छ । यूएन पार्क करिडरको सडक खण्ड पीच गर्दा बीचका सोलार बत्तीका पोल त्यत्तिकै छाडिएको छ । करिडरमा १.३ किलोमिटर सडक कालोपत्रे गरिएको हो ।

तर, खम्बा त्यत्तिकै छाड्दा जोखिम बढेको छ । उक्त, सडक पीच गर्नुअघि नै पोल हटाउन अनुरोध गरेपनि सुनुवाइ नभएको स्थानीयले बताएका छन् । बाटोको बीचमै यसरी पोलहरु हुँदा दुर्घटना हुने सम्भावना उच्च हुन्छ । उक्त सडक निर्माणपछि अहिले स्थानीयले आलोचना गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here