मधेशमा ढल्यो जसपा नेपालको सरकार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेश प्रदेश सरकार ढलेको छ। बुधबार मधेश प्रदेशसभामा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि उनी नेतृत्वको सरकार ढलेको हो।

योसँगै मुख्यमन्त्री सरोजकुमार यादव पदमुक्त भएका छन्। उनले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ भने विपक्षमा ५३ मत पर्यो। जबकि सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो।

जसपा नेपालका दलका नेता समेत रहेका मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेपाली कांग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here