एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित

काठमाडौं । एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा बैंकलाई उक्त सम्मान दिइएको हो ।

यो सम्मान एनएमबी बैंकको वातावरणीय दिगोपनप्रतिको प्रतिबद्धता र पर्यावरणमैत्री बैंकिङ अभ्यासहरू कार्यान्वयन गर्ने प्रयासको प्रशंसा रहेको बैंकले जनाएको छ ।

बैंक दी फाइनान्सियल टाइम्स, लण्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ को उपाधिबाट पनि सम्मानित भएको थियो।

एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ मा समेत उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरी सकेको छ।

बैंकले हाल देशभरका २०१ शाखा, १८७ एटीएम र ११ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here