अस्ट्रेलियाको लगातार दोस्रो जीत, इङ्ल्याण्ड ३६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई ३६ रनले पराजित गरेको छ । सुरुवाति ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा २०१ रन बनाएको थियो ।

२०२ रनको विजय लक्ष्य पछ्याएको इङ्ल्यान्ड ६ विकेटको क्षतिमा १६५ रनमा समेटिएपछि अस्ट्रेलियाले ३६ रनको जित निकालेको हो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले ३४ तथा डेभिड वार्नरले ३९ रन जोडे । त्यस्तै मिचेल मार्सले ३५ रन जोड्दा ग्लेन म्याक्सवेलले २८ रनको योगदान दिए ।

त्यस्तै मार्कस स्टोइनसले ३० रन जोड्दा टिम डेभिडले ११ रन जोडे । प्याट कमिन्स भने शून्यमै आउट भए । त्यस्तै म्याथ्यु वेडले नटआउट १७ रन जोड्दा मिचेल स्टार्क शून्य रनमा नटआउट रहे ।

इङ्ल्यान्डका लागि चेरिक जोर्डनले २ विकेट लिए । त्यस्तै मोइन अली, जोफ्रा एर्चर, अदिल राशिद र लियम लिभिङ्स्टनले १/१ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here