सुनको मूल्य तीन दिनदेखि स्थिर, चाँदी भने घट्यो

काठमाडौं । सुनको मूल्य तीन दिनदेखि स्थिर छ । गएको आइतबारयता सुन एकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार र आइतबार पनि छापावाल सुन यही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला १८ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १८ सय १५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here