आइएमईको लाइफको साधारण सभा सम्पन्न, २६.३१ प्रतिशत लाभांश पारित

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा सोमबार काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट प्रस्तावित २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ नगद गरी कुल २६.३१ प्रतिशत लाभांश पारित गरेको छ ।

यस्तै, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/८० को ल्ँच्क् बमोजिम को वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बयिन्धत अनुसूची सहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्म्तिबाट पारित गरेको छ।

सभाले आ.व. २०८०/८१ को लागि लेखा परीक्षण समितिबाट सिफारिस भई आए बमोजिम एसएआर एसोसियट्सलाई वाह्य लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत पारित गरेको छ।

सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिन कुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।

साथै, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न सञ्चालक समितिलार्ई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवं ग्राहक सेवा प्रति निरन्तर प्रतिबद्ध रहने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here