काठमाडौंको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने

काठमाडौं । काठमाडौंको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रवार उपत्यकाको तापक्रम ३३ डिग्रीसम्म पुग्ने अनुमान गरेको हो । राजधानीमा आज दिउँसो आंशिक बदली हुने छभने राति हल्का वर्षा हुनेछ।

बुलेटिनअनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भागमा स्थानीय र पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

कोशी प्रदेशमा साधारणतया बदली रहेको तथा मधेस प्रदेश र बागमती प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ। देशका बाँकी भागमा मौसम सफा रहेको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here