टी-२० विश्वकपमा न्यूजिल्याण्डका फर्ग्युसनले बनाए दुर्लभ कीर्तिमान

एजेन्सी । न्यूजिल्याण्डका फास्ट बलर लोकी फर्गुसनले सोमबार आफ्नो बलियो बलिङले इतिहास रचेका छन् । टी–२० विश्वकप–२०२४ मा न्यूजिल्याण्डको टोली सुपर–८ मा पुग्न सकेन ।

विश्वकपको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई ७ विकेटले पराजित गरेको न्यूजिल्याण्डका लागि उनले चार ओभर बलिङमा सबै मेडन राख्दै दुर्लभ कीर्तिमान बनाएका हुन्।

सुरुमा ब्याटिङ गरेको पिएनजीविरुद्ध बलिङ गरेका फर्ग्युसनले तीन विकेट लिँदै पूरै चार ओभर मेडन राख्न सफल भएका हुन्। टी-२० विश्वकपमा यस्तो कीर्तिमान राख्ने उनी पहिलो बलर बनेका छन्।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो कीर्तिमान बने पनि विश्वपमा यस्तो कीर्तिमान पहिलो पटक बनेको हो। टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने क्यानडाका साद बिन जाफरले सन् २०२१ मा विश्वकपको छनोट खेलमा पानामाविरुद्ध चार ओभर बलिङ गर्दा सबै मेडन राख्दै दुई विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here