युरो कप: फ्रान्स, स्लोभाकिया विजयी, एम्बाप्पेको नाक भाँचियो

एजेन्सी । जर्मनीमा जारी युरो कप २०२४ फुटबल प्रतियोगितामा फ्रान्स, स्लोभाकिया र रोमानिया विजयी भएका छन् ।

सोमबार भएका खेलहरुमा फ्रान्सले अष्ट्रियालाई १-० गोलले पराजित गर्यो ।अष्ट्रियाका माक्सिमिलियन ओवरले ३८ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । सोही उपहार गोलले फ्रान्स विजयी बन्यो । यस्तै, स्लोभाकियाले बेल्जियममाथि १-० गोलको जित हात पार्यो ।

स्लोभाकियालाई जित दिलाउन एकमात्र निर्णायक गोल खेलको ७ औं मिनेटमा इभान सार्न्जले गोल गरे । रोमानियाले युक्रेनलाई ३-० गोलले पराजित गर्यो ।

रोमानियालाई सहज जित दिलाउन खेलको २९ औं मिनेटमा निकोलाइ स्टान्चीयु, ५३ औं मिनेटमा राजभान मारिनले तथा ५७ औं मिनेटमा डेनिस ड्रागसले गोल गरे । यस खेलमा फ्रान्सका कप्तान केलियन एमबाप्पे घाइते भए ।

खेलका दौरान नाकमा चोट लागेपछि उनलाई अस्पताल लगिएको थियो । एमबाप्पेको नाकको शल्यक्रिया गर्नुपर्ने बताइएको छ । ९०औँ मिनेटमा विपक्षी खेलाडीसँग ठोक्किँदा उनको नाकमा चोट लागेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here