बस र टिप्पर ठोक्किँदा २१ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । झापाको कमल गाउँपालिका-४ मा बस र टिप्पर एकापसमा ठोक्किँदा २१ जना घाइते भएका छन्।

पूर्वपश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका–४ मा मंगलबार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा३ ख २१६६ न। को टिप्पर र विपरीत दिशातर्फबाट जाँदै गरेको को १ ख ५०८७ न. को बस एकापसमा ठोक्किँएको हो ।

घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ। घाइते सबैको दमक रिसर्च सेन्टर अस्पताल र लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको छ।

बस चालक उदयपुरको त्रियुगा नगरपालिका–३ का ४५ वर्षीय अशोक बोट र टिपर चालक धनुषाको गणेशमान नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here