रोनाल्डोको कीर्तिमानी खेलमा पोर्चुगल विजयी

एजेन्सी । ३९ वर्षीय क्रिस्टियानो रोनाल्डोको कीर्तिमानमा युरोकप २०२४ अन्तर्गत समूह डी को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई पराजित गरेको छ।

जर्मनीको लाइपजिगमा गएराति सम्पन्न खेलमा चेक रिपब्लिकविरुद्ध २–१ गोलको पुनरागमन जित हासिल गरेको हो। पोर्चुगलको जितमा फ्रान्सिस्को कन्सेईकाओले एक गोल गरे भने अर्को गोल पोर्चुगलले उपहार पाएको थियो।

चेक रिपब्लिकका लागि लुकास प्रोभोडले गरेको गोल सान्त्वना बन्यो। यस खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले कुनै पनि गोल गर्न नसके पनि नयाँ कीर्तिमानी भने राखेका छन्। ​ रोनाल्डो ६ वटा युरो कपमा सहभागी हुने पहिलो खेलाडी बने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here