मुग्लिन नारायणगढ सडक अवरुद्ध

फाइलफोटो

काठमाडौं । पहिरोले नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित जलबिरेमा पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाने र आउने सवारीसाधनहरू रोकिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । वर्षा हुनासाथ नारायणगढ–मुग्लिन सडक पहिरोले अवरुद्ध हुँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here