एसईईको नतिजा बिहीवार बिहान सार्वजनिक हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ ।

बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्ड तयारी थालिएको हो । नतिजा हेर्न बोर्डले १० वटा वेबसाइट र पाँचवटा एसमएस सर्टकोड को व्यवस्था गरेको छ । २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको एसईईमा चार लाख ८८ हजार विद्यार्थी सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here