‘रास्वपा विवेकशील बन्ने बाटोमा छ,अहिलेको अवस्था पार्टीका निम्ति सुखद छैन’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले ३२ पृष्ठ लामो प्रतिवेदन तयार पारेका छन् । दोस्रो उपनिर्वाचनपछि एक महिने यात्रामा निस्किएका महामन्त्री ढकालले ११ बुँदामा प्रतिवेदन तयार पारेका छन् ।

प्रतिवेदनमा उनले पार्टीको जनमत नै नभएको भन्दै यस्तै हिसाबले अगाडि बढे विवेकशील साझा पार्टीजस्तो हालत हुने विश्लेषण गरेका छन् । ढकालले पार्टी अहिलेकै आधारमा निर्वाचनमा गए एकदुई सिट जित्न पनि हम्मेहम्मे पर्ने गम्भीर चिन्ता औंल्याएका हुन् ।

उनले रास्वपाको जनमत निकै खस्किएको विश्लेषण प्रतिवेदनमै उल्लेख गरेका छन् । पार्टीले बोल्ड निर्णय लिएर अगाडि नबढेमा अर्को चुनावसम्म अस्तित्व रक्षा गर्न कठिन हुने उनको निष्कर्ष छ ।

प्रतिवेदनमा डा‍. ढकालको सन्देश :

महाभारतमा पाँच पाण्डवमध्ये सहदेवलाई पाण्डुको मृत्युपछि त्रिकालदर्शनको शक्ति प्राप्त भएको थियो । तर त्रिकालदर्शी सहदेवले भविष्यको घटना बताउलान् भनेर श्रीकृष्णले आफूलाई थाहा भएको केही कुरा कसैलाई बताए मृत्यु हुने श्राप दिए ।

त्यसैले महाभारतमा सबै थाहा भए पनि उनी चुप थिए । आज पार्टीको वर्तमान भनेको जनमत छैन । जनमत कति छ त्यसको आधारमा आज नै चुनाव हुने हो भने पार्टी हम्मेहम्मे तरिकाले राष्ट्रिय पार्टी बन्ला र प्रत्यक्षमा एक–दुई सिट जित्ला । भोलिका दिनहरूमा आजकै स्थिति अनुसार अघि बढे पार्टीको हालत विवेकशीलको जस्तो हुनेछ ।

यो भविष्यलाई नजिकबाट देखेपछि भन्नु वा लेख्नु उपयुक्त हुन्छ वा हुँदैन भन्ने प्रश्न ममा आयो । भागवत गीतालाई मैले सधैँ मानेको छु । श्रीकृष्णको बचनलाई सधैँ पछ्याएको छु । महाभारतमा श्रीकृष्णले सहदेवलाई नबोल्नु भनेका रहेछन् । तर मलाई मेरो पार्टीको माया छ र चिन्ता छ । भोलि दुर्घटना हुँदै छ भन्दा मेरो महामन्त्री पदको मृत्यु पनि हुन सक्छ वा मलाई घोक्र्याएर पार्टीबाट निकाल्न पनि सक्छन् । मेरो आगामी राजनीतिक जीवनको लागि यो घातक साबित हुनेछ । तथापि यो पटक कृष्णको वाणीभन्दा एउटा धुन मभित्र गुन्जियो– म मरे पनि मेरो पार्टी बाँचिरहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here