युरो कप: युक्रेन बाहिरियो, बेल्जियम र स्लोभाकिया नकआउटमा

एजेन्सी । बेल्जियम युरो कप २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रनसँग गोलरहित बराबरी खेलेको बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो ।

बेल्जियमले नकआउटमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । यो नतिजासँगै युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ । यस्तै गएराति नै भएको यसै समूहको अर्को खेलमा स्लोभाकिया र रोमानियाले १–१ गोलको बराबरी खेलेका छन् ।

बराबरीसँगै रोमानिया र स्लोभाकिया दुबै नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा रोमानियाले नेदरल्यान्ड्ससँग र स्लोभाकियाले इंग्ल्याण्डसँग भिड्नेछन् । यो समूह ई का चारवटै टोलिले तीन खेलमा १ जित र २ बराबरीसँगै ४–४ अंक जोडे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here