सप्तकोशीमा पानीको बहाव बढेपछी ब्यारेजको ५६ वटै ढोका खोलियो, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । सप्तकोशीमा पानीको बहाव बढेपछी ब्यारेजको ५६ वटै ढोका खोलिएको छ। आइतबार बिहान ९ बजे सप्तकोशीमा जलसतहले खतराको तह पार गरेपछि ५६ वटै ढोका खोलिएको कोशी ब्यारेज केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशीमा पानीको बहाव ३ लाख ७० हजार क्यूसेक पुगेको बताइएको छ । बिहान ६ बजे ४८ वटा ढोका खोलिएकोमा लगातार वर्षाका कारण नदीमा जलसतह बढ्दै गएर खतरा उत्पन्न भएपछि सबै ढोका खोलिएको हो ।

सप्तकोशीमा बहाव बढेपछि तटीय क्षेत्रमा बसेकाहरूलाई सतर्क रहन भनिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here