टेलिकमले भन्यो बिलिङ प्रणाली स्तरोन्नति गर्दैछौ, ब्यालेन्स रिचार्ज तथा प्याकेज पहिलै खरिद गर्नु

काठमाडौं । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्दा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा केही समयका लागि प्रभावित हुन सक्ने बताएको छ । मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

नेपाल टेलिकमले जारी गरेको सूचना अनुसार बिलिङ प्रणाली स्तरोन्नती परीक्षण कार्य असार २५ गते राति ११ बजेदेखि असार २६ गते बिहान ६ बजेसम्म हुने छ । सोही अवधिमा ब्यालेन्स रिचार्ज, प्याकेज खरिद वा सोधपुछ सेवा प्रभावित हुन सक्ने सूचनामा उल्लेख छ ।

सो समयभन्दा अगाडि नै आवश्यक पर्ने ब्यालेन्स रिचार्ज तथा प्याकेज खरिद गर्न टेलिकमले आफ्ना ग्राहकहरुलाई अनुरोध गरेको छ ।

मोबाइल भ्वाइस, डाटा, एसएमएस तथा एफटीटीएच भ्वाइस, डाटा, आईपीटीभी आदि सेवाहरु भने यथावत सन्चालन हुने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here