हिमालय एअरलाइन्स्को नयाँ लोगो सार्वजनिक

काठमाडौं, १२ असोज । हिमालय एअरलाइन्स्ले हिमालको चुचुरोमा उड्दै गरेको चीललाई अंकित गर्दै बनाइएको नयाँ लोगो सार्वजनिक गरेको छ ।

रोयल सिंगी होटलमा आइतवार भएको पत्रकार सम्मेलनमा एअरलाइन्स्ले आफ्नो नयाँ संस्थागत लोगो सार्वजनिक गरेको हो ।

आबुधावी, दमाम र दोहामा एअरलाइन्स्ले सेवा प्रदान गर्दै आएको छ । दुई महिना अगाडि, सन् २०१९ जुलाई २०, मा काठमाडौं–ढाका उडान सुरु गरेको एअरलाइन्स्ले यो रुटमा सेवा संचालनलाई अझ मजबुत बनाउने बताएको छ ।

हिमालय एअरलाइन्स्द्वारा आयोजित पत्रकार सम्मेलनमा संस्थाको नयाँ लोगो एअरलाइन्स्का प्रेसिडेन्ट झो एन्योङ र भाइस् प्रेसिडेन्ट विजय श्रेष्ठले सार्वजनिक गरे ।

‘पाँच बर्षको अन्तरालमा हामीले सुरक्षा र विश्वसनीयताको प्रतिष्ठा निर्माण गरेका छौं’ उपाध्यक्ष श्रेष्ठले भने, ‘ब्रान्डलाई नयाँपन दिने सोच संस्थाको महत्वपूर्ण आन्तरिक परिवर्तन सँगै देखापरेको हो, जसले हामीलाई नयाँ लोगो निर्माण गर्ने बाटोतर्फ अग्रसर बनायो ।’

आफ्नो नयाँ ब्राण्ड सार्वजनिक गरेको हिमालय एअरलाइन्स् निकट भविष्यमा दुईवटा ए३१९ जहाज भित्र्याउने योजनामा रहेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here