आजबाट नेपाल खुला दिसामुक्त देश, दक्षिण एसियामै पहिलो

काठमाडौं, १३ असोज । सरसफाईका दृष्टिकोणबाट नेपालले ऐतिहासिक उपलब्धी हाँसिल गरेको छ ।

राष्ट्रिय योजना आयोगका अनुसार चौधौं योजनाको अन्तिम आव २०७५\७६ सम्म सरसरफाईमा राखेको लक्ष्य अनुसार मुलुकले ९९ प्रतिशत लक्ष्य पुरा गरेसँगै अब देशलाई खुला दिशामुक्त राष्ट्र घोषणा गर्न लागिएको छ ।

सरकारले चालु आव २०७६\७७ को नीति तथा कार्यक्रममा यस घोषणालाई समेत समेटेको थियो ।

सोमबार एक विशेष कार्यक्रम आयोजना गरी नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न लागिएको खानेपानी तथा सरसफाई मन्त्रालयले जानकारी दिएएको छ ।

यो उपलब्धी हाँसिल गर्ने नेपाल दक्षिण एसियाकै पहिलो देश बन्ने भएको छ । हरेक घरधुरीमा शौचालय पुर्याउने सरकारको लक्ष्य पुरा भएसँगै खुला दिसामुक्त नेपाल घोषणा गर्न लागिएको हो ।

शहरी क्षेत्रमा आवश्यक सार्वजनिक शौचालय निर्माणलाई समेत स्थानीय सरकारहरुले अहिले तिब्रता दिइरहेका छन् ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने कार्यक्रम राखिएको छ ।

२०६८ सालमा सरसफाइ गुरुयोजना बनेको थियो । त्यसपछि खुला दिसामुक्त अभियान सुरु भयो ।

सोही अनुसार विभिन्न टोल, गाउँ, जिल्ला हुँदै केन्द्रसम्म यो अभियान आइपुगेको हो । सरकारले शून्य अनुदानमा घरमा चर्पी बनाउने कामलाई तिब्रता दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here