मोबाइलको खरिदमा फ्रीमा इन्स्योरेन्स सुविधा देखि रिचार्ज कार्ड पनि

काठमाडौं, १३ असोज । मास मोबाइल जोनले ग्राहकहरुलाई हात खाली नजाने उपहार योजनाका साथै प्रत्येक मोबाइल फोनको खरिदमा निशुल्क इन्स्योरेन्सको सुविधा दिने भएको छ ।

मास मोबाइल जोनको इन्स्योरेन्स पार्टनर मेरो सुरक्षाको साथमा कम्पनीले आफ्नो जोनबाट बिक्री गरिने हरेक मोबाइल फोनमा ५ प्रतिशतको इन्स्योरेन्स आफैंले गरिदिने बताएको छ ।

इस्न्योरेन्स अफर अन्तरगत किनेको कुनैपनि ब्राण्डका मोबाइल फोनहरु डिस्प्ले फुटेमा, हराएमा वा चोरी भएमा पुरै इन्स्योरेन्स सुविधा उपलब्ध हुने कम्पनीले बताएको छ ।

साथै कम्पनीले प्रत्येक खरिदकर्ताहरुलाई मोबाइल किनेपछि रु १,०० रुपैयाँ मूल्य बराबरको रिचार्ज कार्ड उपलब्ध गराउनुका साथै हरेक ग्राहकहरुलाई दशैंको अवधिभर फोन किन्दा प्रत्येक खरिदमा एउटा ५०० एमएलको कोकाकोला र पपकर्न निशुल्क दिनेछ ।

यसबाहेक मास मोबाइल जोनले हरेक ग्राहकहरुलाई प्रत्येक स्मार्टफोनको खरिदमा टेम्पर ग्लास र ईयरफोन सित्तैमा दिने भएको छ ।

कम्पनीले ओपो, भीभो, अनर र शाओमी ब्राण्डका स्मार्टफोनहरुमा विशेष छुट उपलब्ध गराउने बताएको छ ।

मास मोबाइल जोनमा भ्याटबिलसहित आधिकारीक मोबाइल फोनहरु मात्र बिक्री गर्ने तथा ग्राहकहरुलाई सम्पूर्ण सुविधाहरु उपलब्ध गराएको कम्पनीका निर्देशक मनोज मानन्धरले जानकारी दिए ।

‘बजारमा जताततै अवैध र ग्रेका मोबाइल फोनहरु ग्राहकहरुलाई झुक्याएर बेच्ने गरिएको गुनासो रहँदै आएको छ, तर हामी भ्याट बिल काटेर नै ग्यारेन्टीका साथ ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध गराउनेछौं,’ निर्देशक मानन्धरले बताए ।

हाल भीभो स्मार्टफोनको खरिद बडा चाडको उमंग अफर योजना सार्वजनिक गरेको छ, जसअन्तरगत इण्डोनेशियाको बाली टूर जित्न सकिनेछ भने ओपो स्मार्टफोनले पनि ग्राहकहरुका लागि दशैंको अफर दिएको छ जसअन्तरगत बिजेताहरुले प्रत्येक साता इण्डोनेशियाको बाली टूर जान सक्नेछन् ।

मास मोबाइल जोनमा ओपो, भीभो, हनर, ह्वावे, शाओमीलगायत विभिन्न ब्राण्डका स्मार्टफोनहरु सूपथ मूल्यमा विशेष अफर र योजनासहित उपलब्ध रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here