एकैदन तोलाको २ हजारले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजारले घटेको छ । बिहीबार प्रतितोला १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार घटेर १ लाख ४७ हजार ५ सयमा झरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार चाँदी प्रतितोला ३० रुपैयाँले घटेर १८ सय ३० रुपैयाँमा झरेको छ ।

बिहीबार चाँदी प्रतितोला १८ सय ६० रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here