३२.२ अंकले बढ्यो सेयर बजार, १४ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । बिहीबार नेप्से परिसूचक ३२ दशमलव २ अंक बढेको छ । आज नेप्से परिसूचक २५६८ अंकमा कायम भएको छ ।

त्यस्तै आज १४ अर्ब १३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन बुधबार सेयर बजारमा १६ अर्ब २० करोड कारोबार भएको थियो ।
आज माइक्रोफाइनान्स समूहको सूचक सबैभन्दा धेरै ६ दशमलव८ प्रतिशतले बढेको छ ।

बैंकिङ १ दशमलव ३६, फाइनान्स १ दशमलव २२, होटल तथा पर्यटन ० दशमलव ४२, जीवन बीमा ० दशमलव ७१, उत्पादन ० दशमलव८६, निर्जीवन बीमा २ दशमलव ९५ तथा व्यापार समूहको सूचक ० दशमलव ८१ प्रतिशतले बढेको छ ।

यता अन्य समुह ० दशमलव ३३, लगानी ० दशमलव ७३, हाइड्रोपावर ० दशमलव १० र विकास बैंक समूहको सूचक ० दशमलव३५ प्रतिशतले घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here