पदबाट राजीनामा दिन सभामुख महरालाई नेकपाको सुझाव

काठमाडौं, १४ असोज । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन नेकपाले सुझाव दिएको छ ।

आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महरालाई राजीनामा दिन नेकपाले सुझाव दिएको हो ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबिच प्रधानमन्त्री निवासमा भएको छलफमा हालको लागि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सहमति भएको थियो ।

चारित्रीक प्रश्न उठेपछि पदमा बस्नु उचित नहुने नेकपाले बताएको छ ।

सरकार र पार्टीको निर्णय अनुसार आफू मार्ग प्रशस्त गर्न तयार भएको पनि सभामुख महराले बताएका थिए । यो संगै महराले राजिनामा दिने पक्का जस्तै भएको छ ।

महरामाथि संसद सचिवालयकै एक महिलालाई डेरामै गएर जबरजस्ती गरेको आरोप छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here