सभामुख महराले पदबाट राजीनामा दिए

काठमाडौं, १४ असोज । प्रतिनीधि सभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

आफ्नै सचिवालयमा कार्यरत कर्मचारीमाथि दुर्व्यवहारको आरोप खेपिरहेका सभामुख कृष्णबहादुर महराले भर्खरै पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबिच प्रधानमन्त्री निवासमा भएको छलफलमा महरालाई राजीनामा दिन सुझाव दिएको थियो ।

सरकार र पार्टीको निर्णय अनुसार आफू मार्ग प्रशस्त गर्न तयार भएको पनि सभामुख महराले बताएका थिए । यो संगै महराले पदबाट राजिनामा दिएका हुन् ।

महरामाथि संसद सचिवालयकै एक महिलालाई डेरामै गएर जबरजस्ती गरेको आरोप लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here